गाजास्थित इजरायली सिमानामा भएको विष्फोटमा मारिएका ५ जना प्यालेस्टाइनी युवाको अन्त्येष्टिमा हजारौँ सहभागी भएका छन्।
बिहीबार हजारौँ गाजावासीहरु उनीहरुको अन्त्येष्टिमा सहभागी भएका हुन्।
बुधबार भएको विष्फोटमा कम्तिमा पाँच जना प्यालेस्टाइनीको मृत्यु भएको थियो। घटनामा अन्य २५ जना घाइते भएका छन्।
विष्फोटअघि दर्जनौँ प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली सैनिकहरुबीच सीमामा झडप भएको थियो। विष्फोटको कारण अझै पत्ता लाग्न सकेको छैन।
15
Shares
प्रतिक्रिया