क्यानाडास्थित भारतीय नियोगले प्राविधिक कारणले भिजा सेवा स्थगन गरिएको जनाएको छ।
क्यानाडाको इन्डियन भिजा सेन्टरले आफ्नो वेबसाइटमा जानकारी दिएको छ, ‘भारतीय मिसनबाट महत्त्वपूर्ण जानकारी– अपरेसनल कारणहरूले गर्दा भारतीय भिजा सेवा २०२३ सेप्टेम्बर २१ देखि अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको छ। थप अपडेटका लागि कृपया बीएलएस वेबसाइट चेक गरिरहनुहोस्।’
भारत र क्यानाडाबीच कूटनीतिक विवाद चलिरहेको छ। दुवै देशले एकअर्काका कूटनीतिज्ञलाई देश निकाला गरेका छन्।
2.3k
Shares
प्रतिक्रिया