छुद्रग्रहको अध्ययन गर्न अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले ७ वर्षअघि अन्तरिक्षमा पठाएको यान आइतबार पृथ्वीमा फर्किंदै छ।
सन् २०१६ को सेप्टेम्बरमा नासाले अन्तरिक्षमा पठाएको ओसिरिस–रेक्स मिसन नामको अन्तरिक्ष यान ‘बेन्नु’ नामको एउटा छुद्रग्रहबाट नमुना लिएर पृथ्वीमा अवतरण हुन लागेको हो।
अन्तरिक्ष यान आइतवार पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने सीएनएनले जनाएको छ। यान अमेरिकाको उटाह राज्यको पश्चिमी मरुभूमिमा अवतरण हुने छ।
स्थानीय समयअनुसार आइतबार ६ बजेर ४२ मिनेटमा अन्तरिक्ष यान पृथ्वीमा अवतरण हुने अनुमान नासाले गरेको छ।
यो अवतरण सफल भएमा नासाको विशेष सफलता हुने छ। अन्तरिक्ष यान बेन्नुु नामको क्षुद्रग्रहबाट सङ्कलन गरेको धुलोको नमूना लिएर पृथ्वीमा फर्किन लागेको हो।
सन् २०१६ को सेप्टेम्बर ८ मा प्रक्षेपण भएको यान सन् २०१८ मा बेन्नुको अक्षमा पुगेको थियो।
Shares
प्रतिक्रिया