ad ad

ग्लोबल


पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई अडियाला जेल पठाउन आदेश

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई अडियाला जेल पठाउन आदेश

फाइल फाेटाे : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान


नेपालखबर
असोज ८, २०८० सोमबार १८:३, काठमाडौँ

पाकिस्तानको एक अदालतले आज सोमबार पूर्वप्रधानमन्त्री इमरान खानलाई अटक जेलबाट रावलपिंडीको अडियाला जेलमा सार्न आदेश दिएको छ।

सोमबार इमरान खानका वकिलले उनलाई अटक जेलबाट अडियाला जेलमा सार्ने माग गरेका थिए।

यसअघि जेलमा सुविधासम्बन्धी याचिकाको सुनुवाइ गर्दै इस्लामावाद हाइकोर्टले भनेको थियो– सबै अन्डरट्रायल कैदी अडियाला जेलमा छन् भने इमरान खानलाई किन अटक जेलमा राखिएको छ?

पाकिस्तानका जेलमा कैदीहरूलाई तीन श्रेणीमा राखिन्छ। अटक कारागारको कुरा गर्ने हो भने यहाँ सी वर्ग मात्रै छ, ए र बी श्रेणी छैन।

जेल अधिकारीहरूका अनुसार उच्चपदस्थ सरकारी अधिकारी र पूर्व केन्द्रीय मन्त्री र बढी कर तिर्ने कैदीहरूलाई ए वर्गमा राखिन्छ।

यसैलाई उद्धृत गर्दै इमरान खानका वकिलले उनलाई ‘ए’ श्रेणीमा राख्न अदालतसँग माग गरेका थिए।

अदालतले यो कुरा स्वीकार गर्‍यो कि इमरान खान अझ राम्रो वर्गको हकदार छन्, किनभने उनी देशको प्रधानमन्त्री भइसकेका छन्।

इमरान खान भ्रष्टाचार मुद्दामा जेल परेका हुन्। उनलाई तीन वर्षको जेल र जरिवानाको सजाय सुनाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .