ad ad

ग्लोबल


गोहीको मुखमा महिलाका अंग भेटिएपछि...

गोहीको मुखमा महिलाका अंग भेटिएपछि...

नेपालखबर
असोज ८, २०८० सोमबार २०:८, काठमाडौँ

अमेरिकाको फ्लोरिडामा १३ फिट लामो गोहीको मुखमा एक महिलाको अवशेष भेटिएको छ।

त्यसपछि त्यो गोहीलाई प्रहरीले मारेको बीबीसीले जनाएको छ। 

एक प्रत्यक्षदर्शीले स्थानीय सञ्चारमाध्यमलाई लार्गो नहरमा गोहीले आफ्नो मुखमा मानिसलाई बोकेको देखेको बताए।

गोही मारिएको र मुखमा ४१ वर्षीया सब्रिना पेकहमको अवशेष भेटिएको अधिकारीहरूले बताएका छन्।

उनले यस घटनाको अनुसन्धानपछि मात्रै ती महिलाको मृत्यु के कारणले भएको हो थाहा हुने बताए।

प्रत्यक्षदर्शीले आफूहरू जागिरको अन्तर्वार्ता दिन जाँदै गर्दा बाटोमा गोहीको मुखमा मानव शरीरको तल्लो भाग भएको देखेको र केही बेरमा त्यो पानीमा झरेको बताएका छन्। 

ब्रोना डोरिसले आफूलाई पीडितकी छोरी भएको बताएकी छन्। उनले फेसबुकमा लेखेकी छन्, ‘अँध्यारोमा उहाँ आफ्नो क्याम्पनजिकै पानीतिर हिँडिरहनुभएको थियो, गोहीले आक्रमण गर्‍यो।’

प्रहरीका अनुसार गोहीलाई पानीबाट बाहिर निकालिएको छ भने गोताखोरको टोलीले महिलाको शव पनि बरामद गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .