ad ad

ग्लोबल


अमेरिकी राष्ट्रपति बाइडेनले भने- इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुनेछ (भिडिओ)

अमेरिकी राष्ट्रपति बाइडेनले भने- इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुनेछ (भिडिओ)

नेपालखबर
असोज २९, २०८० सोमबार ८:१२, काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजामाथि कब्जा गर्नु ठूलो गल्ती हुने बताएका छन्।

सीबीएसको ‘६० मिनेट्स’सँगको अन्तर्वार्तामा बाइडेनलाई सोधिएको छ-  तपाईं गाजामा इजरायलको कब्जालाई समर्थन गर्नुहुन्छ? 

जवाफमा अमेरिकी राष्ट्रपति बाइनडेनले भनेका छन्, ‘यो ठूलो गल्ती हुनेछ।’

उनले थपे, ‘हमासले सबै प्यालेस्टिनी जनताको प्रतिनिधित्व गर्दैन र मलाई लाग्छ– इजरायलले गाजालाई पुनः कब्जा गर्नु गल्ती हुनेछ।’

आइतबार राति प्रसारित अन्तर्वार्तामा उनले भनेका छन्, ‘तर गाजाभित्र गएर अतिवादीहरूलाई बाहिर निकाल्नु महत्त्वपूर्ण काम हो।’

यस क्रममा बाइडेनले इजरायलले युद्धको नियमभित्र रहेर कारबाही गर्नेमा आफू विश्वस्त रहेको पनि बताए।

अन्तर्वार्ताको भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .