ad ad

ग्लोबल


एप्पलका सीईओ कुकले गरे अचानक चीन भ्रमण

एप्पलका सीईओ कुकले गरे अचानक चीन भ्रमण

फाइल तस्बिर


रासस/एएफपी
असोज ३०, २०८० मंगलबार १२:५०, बेइजिङ

एप्पल कम्पनीका प्रमुख टिम कुकले यसै साता अचानक चीनको भ्रमण गरेका छन्। आफ्नो सबैभन्दा ठूलो बजारमा कम्पनीको फोनको बिक्रीमा कमी आएपछि उनको चीन भ्रमण भएको बताइएको छ। 

विबो सामाजिक सञ्जाल प्लेटफर्ममा आफ्नो खातामा सोमबार राखिएको पोस्टमा कुकले चेङ्दुमा रहेको एप्पलको ताइकु लि स्टोरमा गएर ‘अनर अफ किङ्ग्सका’ युवा खेलाडीहरूलाई भेटेको बताए। 

चिनियाँ प्रविधि कम्पनी टेन्सेन्टद्वारा प्रकाशित अनलाइन ब्याटल एरेना विश्वको सबैभन्दा बढी खेलिने मोबाइल गेममध्येको एक हो। 

“आज राति ऊर्जा चार्टभन्दा बाहिर थियो”, कुकले लेखेका छन्, “अनर अफ किङ्ग्स यहाँ चेङ्दुमा सुरु भयो र यो अब एप स्टोरमा विश्वव्यापी रूपमा रहेको छ।”

“यो खेलले नयाँ मानक राख्छ, यो चीन र विश्वभर लोकप्रिय छ”, उनले सरकारी अखबार चाइना डेलीलाई भने, “तपाईं देख्नु सक्नुहुन्छ खेलप्रति मानिसमा कति लगाव छ र उत्साहित छन्, हेर्दा राम्रो लाग्यो।”

सन् १९९३ मा एप्पलले पहिलोपटक चीनमा आफ्नो उपस्थिति स्थापित गरेपछि चीनमा स्मार्टफोन, ल्यापटप र उपभोक्ता इलेक्ट्रोनिक्सका सामानहरूको प्रमुख प्रदायकका रूपमा विकास भएको छ। 

गत मार्चमा बेइजिङ भ्रमणका क्रममा एप्पलका सीईओ कुकले आफ्नो कम्पनीले चीनसँग ‘पारस्परिक’ सम्बन्ध कायम गरेको बताएको थियो।

तर गत वर्ष चीनको शून्य कोभिड नीतिका कारण एप्पलका कारखानामा उत्पादनमा भएको कमीले बिक्रीमा प्रभावित हुँदा हालैका वर्षमा एप्पलले चीनमा सङ्घर्ष गर्नुपरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .