ad ad

ग्लोबल


इजरायल पुगेर अमेरिकी राष्ट्रपतिले भेटे त्यहाँका प्रधानमन्त्री, के भने? (भिडिओ)

इजरायल पुगेर अमेरिकी राष्ट्रपतिले भेटे त्यहाँका प्रधानमन्त्री, के भने? (भिडिओ)

भेटवार्ताका क्रममा बाइडेन र नेतान्याहु


नेपालखबर
कात्तिक १, २०८० बुधबार २०:५, काठमाडौँ

इजरायल भ्रमणमा रहेका अमेरिका राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री नेतन्याहुसँग भेटवार्ता गरेका छन्। 

हमासको सत्ता रहेको गाजास्थित एक अस्पतालमा रकेट आक्रमणबाट ५०० जना मारिएका बेला अमेरिकी राष्ट्रपति बाइडेन इजरायल पुगेका हुन्। केही दिनदेखि हमास र इजरायलबीच युद्ध चलिरहेको छ। 

मंगलबार राति गाजाको अस्पतालमा गरिएको आक्रमण इजरायलले गरेको आरोप हमासले लगाएको छ भने इजरायलले हमासलगायत उतैको समूह जिम्मेवार रहेको दाबी गरिरहेको छ। 

इजरायलका प्रधानमन्त्री नेतान्याहुसँग भेटवार्ता गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले भने, ‘यो (अस्पतालमा आक्रमण घटना) कुनै अर्कै समूहले गराएको जस्तो देखिन्छ।’

बाइडेनले उक्त घटनाले आफूले धेरै दुःखी र आक्रोशित बनाएको बताए। 

बाइडेनले भने, ‘मैले जे देखेँ, त्यस आधारमा यस्तो लाग्छ– यो घटना अरू कसैले गरेको हो, तपाईंहरूले होइन।...’

अमेरिकी राष्ट्रपति बाइडेन इजरायलप्रति आफ्नो समर्थन देखाउन बुधबार त्यहाँ पुगेका हुन्। 

बीबीसीका अनुुसार यस भ्रमणका क्रममा उनले जोर्डनमा प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बास, इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सिसी र जोर्डनका राजासँग पनि भेट गर्ने योजना बनाएका थिए। तर अरब राष्ट्रले उनलाई भेट्न अस्वीकार गरेकाले उनको भ्रमण इजरायलमा मात्र सीमित हुने भएको छ। 

धेरै देशका नेताहरूले गाजा अस्पतालमा भएको आक्रमणको निन्दा गरेका छन् र यसलाई नरसंहार भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .