ad ad

ग्लोबल


उत्तरी गाजा छाड्न स्थानीय नागरिकलाई इजरायलको चेतावनी

उत्तरी गाजा छाड्न स्थानीय नागरिकलाई इजरायलको चेतावनी

फाइल फाेटाे : इजरायल–हमास युद्धका क्रममा गरिएको विस्फोट


नेपालखबर
कात्तिक ६, २०८० सोमबार ८:४, काठमाडौँ

इजरायलले उत्तरी गाजा छाड्न स्थानीयलाई चेतावनी दिएको छ। उक्त क्षेत्र खाली नगरे यहाँ बसोबास गर्ने मानिसलाई पनि प्यालेस्टिनी लडाकु समूह हमासको सहयोगी मानिने धम्की इजरायली सेनाले दिएको छ। 

यसअघि पनि इजरायलले २४ घण्टाभित्र उत्तरी गाजा छाड्न चेतावनी दिएको थियो। जसका कारण धेरै परिवारले आफ्नो थातथलो छाडेका थिए।  

यसैबीच लेबनानले इजरायलको सञ्चार टावरमा हमला गरेको छ। जवाफी कारबाहीमा इजरायलले हिजबुल्लाहका ३ वटा स्थान ध्वस्त पारेको बताइएको छ। 

यही अक्टोबर ७ देखि जारी इजरायल–हमास युद्धमा हालसम्म १ हजार ४०३ इजरायली र ४ हजार ६५१ प्यालेस्टिनी नागरिक मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

हिजबुल्लाहसँग युद्धको खतरालाई ध्यान दिँदै इजरायलले लेबनान सीमासँग जोडिएका आफ्ना १३ गाउँ खाली गराएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .