ad ad

ग्लोबल


स्पेनी पादरीद्वारा दुई लाखभन्दा बढी बालबालिकामाथि यौन दुर्व्यवहार गरेको अनुमान

स्पेनी पादरीद्वारा दुई लाखभन्दा बढी बालबालिकामाथि यौन दुर्व्यवहार गरेको अनुमान

नेपालखबर
कात्तिक १०, २०८० शुक्रबार २०:५०, काठमाडौँ

‍स्पेनमा सन् १९४० यता रोमन क्याथोलिक पादरीहरूले दुई लाखभन्दा बढी बालबालिकामाथि यौन दुर्व्यवहार गरेको अनुमान गरिएको छ।

प्रतिवेदनले कुनै खास आँकडा नदिएको तर आठ हजारभन्दा बढी मानिसमा गरिएको सर्वेक्षणमा स्पेनको करिब तीन करोड ९० लाख वयस्क जनसङ्ख्यामध्ये ०.६ प्रतिशतले आफू सानै छँदा पादरीहरूबाट यौन दुर्व्यवहारको सिकार भएको बताएका छन्।

स्पेनका राष्ट्रिय लोकपाल एन्जेल गाबिलोन्डोले प्रतिवेदनको निष्कर्ष प्रस्तुत गर्न बोलाइएको पत्रकार सम्मेलनमा भने, ‘यो प्रतिशतमा १.१३ प्रतिशत अर्थात् चार लाखभन्दा बढी मानिसले गरेको दुर्व्यवहारलाई समावेश गरिएको छ।’

विगत २० वर्षमा संसारभरि यौन दुर्व्यवहारका शृङ्खलाबद्ध घटनाहरूपछि रोमन क्याथोलिक चर्चलाई झकझकाउने यो पछिल्लो रहस्योद्घाटन हो।

तर अन्य देशमा भन्दा फरक, परम्परागत क्याथोलिक देश जुन अत्यधिक धर्मनिरपेक्ष भएको स्पेनमा लिपिकीय दुर्व्यवहारको आरोपहरू अहिले मात्र प्राप्त हुँदैछन्। यसले यसपहिले आरोपबाजीबाट बचेकाहरूले नै दुर्व्यवहारको आरोपहरू लगाएका छन्।

‘दुर्भाग्यवश, धेरै वर्षदेखि दुर्व्यवहारलाई अस्वीकार गर्ने वा दुर्व्यवहार गर्नेहरूलाई लुकाउन वा संरक्षण गर्ने प्रवृति उजागर भएको छ,’ पूर्व शिक्षामन्त्री गाबिलोन्डोले भने।

रिपोर्टले क्याथोलिक चर्चको मनोवृत्तिको आलोचना गरेको छ र पादरीहरूको संलग्नतामा बाल दुर्व्यवहारका घटनाहरूमा यसको प्रतिक्रियालाई ‘अपर्याप्त’ भनेको छ। यसले पीडितलाई क्षतिपूर्ति दिन राज्य कोषको गठन गर्न सिफारिस गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .