ad ad

ग्लोबल


कतारमा मृत्युदण्ड दिन लागिएका ८ भारतीयलाई बचाउन के प्रयास भइरहेको छ?

कतारमा मृत्युदण्ड दिन लागिएका ८ भारतीयलाई बचाउन के प्रयास भइरहेको छ?

भारतीय नौसेना प्रमुख एडमिरल आर हरि कुमार


नेपालखबर
कात्तिक १३, २०८० सोमबार १४:४२, काठमाडौँ

कतारमा पक्राउ परेका भारतीय नौसेनाका आठ जना सेवानिवृत्त अधिकारीलाई हालै मृत्युदण्डको सजाय सुनाइएको छ। 

यस विषयमा भारतीय नौसेना प्रमुख एडमिरल आर हरि कुमारले प्रतिक्रिया व्यक्त गरेका छन्।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उनले उनीहरूलाई बचाउन सरकारले हरसम्भव कानुनी प्रयास गरिरहेको बताएका हुन्। 

यी आठ सेवानिवृत्त भारतीय नौसेना अधिकारीहरू गत वर्ष सेप्टेम्बरदेखि कतारको जेलमा छन्। तर कतारले उनीविरुद्ध लागेको आरोप सार्वजनिक गरेको छैन।

सोमबार विदेशमन्त्री एस जयशंकरले ती ८ भारतीय नागरिकका परिवारलाई भेटेका छन्।

उनले यो विषयलाई भारत सरकारले अत्यन्तै महत्त्वका साथ हेरिरहेको र यस दुःखद घडीमा सरकार पीडित परिवारको सम्पर्कमा रहिरहने बताए।

जयशंकरले भने, ‘यी नागरिकको सुरक्षित रिहाइका लागि सरकारले प्रयास जारी राख्नेछ। यस विषयमा हामी परिवारसँग सम्पर्कमै रहनेछौँ।’ 

काण्ड के हो?
कतार सरकारले गत २०२२ सेप्टेम्बरमा ८ जना पूर्वभारतीय नौसैनिकलाई पक्राउ गरेको थियो। मार्चमा उनीहरूविरुद्ध जासुसीको आरोप लगाइएको थियो।

पक्राउ परेका आठ जना भारतीय नागरिक पूर्व नौसेना अधिकृत हुन् र उनीहरू कतारको जाहिरा अल अलामी नामक कम्पनीमा काम गर्थे।

यो कम्पनीले कतार नौसेनाका लागि पनडुब्बी कार्यक्रममा काम गरिरहेको थियो। यस कार्यक्रमको उद्देश्य राडारबाट बच्नसक्ने उच्च प्रविधियुक्त इटालियन प्रविधिमा आधारित पनडुब्बी प्राप्त गर्नु थियो।

कम्पनीमा ७५ जना भारतीय नागरिक कर्मचारी थिए। तीमध्ये अधिकांश भारतीय नौसेनाका पूर्व अधिकारी थिए। मे महिनामा कम्पनीले मे ३१, २०२२ देखि कम्पनी बन्द गर्ने बताएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .