ad ad

ग्लोबल


इजरायली सेनाले भन्यो– बन्धक महिला सैनिकलाई हमासबाट मुक्त गरायौँ

इजरायली सेनाले भन्यो– बन्धक महिला सैनिकलाई हमासबाट मुक्त गरायौँ

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार ९:१०, काठमाडौँ

इजरायल डिफेन्स फोर्स (आईडीएफ) र इजरायल सुरक्षा एजेन्सी (आईएसए) ले संयुक्त विज्ञप्ति जारी गरी गाजाबाट एक इजरायली महिला सिपाहीलाई मुक्त गरेको बताएका छन्।

उनीहरूका अनुसार गाजामा आईडीएफ ग्राउन्ड अपरेसनका क्रममा महिला सैनिक प्राइभेट निजी ओरी मगिदिशलाई हमासबाट मुक्त गराइएको हो। ती इजरायली महिला सैनिकलाई हमासले अक्टोबर ७ मा बन्धक बनाएको थियो।

विज्ञप्तिमा ती महिला सैनिकको अवस्था ठिक रहेको र उनले आफ्नो परिवारलाई भेटी पनि सकेको उल्लेख गरिएको छ।

आईडीएफ र आईएसएले बन्धकहरूलाई मुक्त गर्न हरसम्भव प्रयास गरिने बताएका छन्। 

यसै क्रममा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्विट गर्दै भनेका छन्, ‘तपाईंलाई स्वागत छ।’

नेतान्याहुले महिला सैनिकको रिहाइले बन्धकहरूलाई मुक्त गर्ने इजरायलको प्रतिबद्धता प्रस्ट पारेको पनि बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .