ad ad

ग्लोबल


यमनका हुथी विद्रोहीले इजरायलमा प्रहार गरे मिसाइल, भने- आक्रमण जारी रहनेछ

यमनका हुथी विद्रोहीले इजरायलमा प्रहार गरे मिसाइल, भने- आक्रमण जारी रहनेछ

नेपालखबर
कात्तिक १५, २०८० बुधबार १०:३५, काठमाडौँ

यमनमा रहेका इरान समर्थित हुथी विद्रोहीले इजरायलतर्फ मिसाइल प्रहार गरेको छ।  

अल–मसिराह टीभीमार्फत विज्ञप्ति जारी गरी हुथी विद्रोहीले हमासविरुद्ध आक्रमण नरोके इजरायलमा मिसाइल र ड्रोन आक्रमण जारी राख्ने चेतावनी पनि दिएको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘हुथी विद्रोहीहरूले मंगलबार इजरायलतर्फ ठूलो संख्यामा मिसाइल प्रहार गरे।’

यसअघि इजरायली सेनाले ‘शत्रुको विमान घुसपैठ’का कारण लाल सागरको इलातमा साइरनको आवाज सुनिएको बताएको थियो। पछि उसले विज्ञप्ति जारी गरी इजरायलतर्फ प्रहार गरिएका मिसाइल नष्ट भएको जनाएको छ।

इजरायली सेनाले भनेको छ, ‘सबै हवाई खतरा इजरायली क्षेत्र बाहिर रोक्याैँ।’

हुथी विद्रोहीले सन् २०१४ मा यमनको राजधानी कब्जा गरेका थिए र अझै पनि देशको ठूलो भाग उनीहरूले कब्जा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .