यमनका हुथी विद्रोहीले इजरायलमा मिसाइल आक्रमण गरेको दाबी गरेपछि इजरायलले लाल सागर (रेड सि) मा मिसाइल डुङ्गा पठाएको छ।
हुथी विद्रोहीले इजरायलमा तीनपटक मिसाइल आक्रमण गरेको दाबी गरेका थिए। हुथी विद्रोहीलाई इरानको समर्थन रहेको विश्वास गरिन्छ।
इजरायली सेनाले यस क्षेत्रमा रक्षा घेरा बलियो बनाउन मंगलबार रातो सागरमा मिसाइल डुङ्गा पठाइएको जनाएको छ। बुधबार बिहानै इजरायलले लाल सागरमा भएको हवाई आक्रमणलाई असफल बनाएको बताएको थियो।
90
Shares
प्रतिक्रिया