ad ad

ग्लोबल


चीन-भुटान सीमा-वार्तालगत्तै भारत भ्रमणमा भुटानी राजा, रेलमार्ग निर्माणको सहमति

चीन-भुटान सीमा-वार्तालगत्तै भारत भ्रमणमा भुटानी राजा, रेलमार्ग निर्माणको सहमति

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १५:१४,

भारत र भुटानबीच व्यापार, प्रविधि र सीमापार कनेक्टिभिटी बढाउन विभिन्न सम्झौताहरुमा हस्ताक्षर भएको छ। यी दुई मुलुकबीच पहिलो रेलमार्ग निर्माणका लागि सर्भे गर्ने सहमति पनि भएको छ।

भुटानी राजा जिग्मे केसर नामग्याल वाङचुक र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीमा भएको भेटपछि यी सहमति भएका हुन्। भुटानी राजा नोभेम्बर ३ देखि साताव्यापी भारत भ्रमणमा छन्।

भुटानले चीनसँग सीमा विवाद सल्ट्याउने प्रयास गरिरहँदा भुटानी राजालाई भारतले नयाँदिल्ली निम्त्याएको हो। अक्टोबरमा भुटानी विदेशमन्त्री तेन्डी दोर्जीले बेइजिङ भ्रमण गरेका थिए। सो क्रममा सात वर्षपछि चीन र भुटानबीच सीमा वार्ता भएको थियो। 

द्विपक्षीय वार्तामा चीन र भुटान चाँडो सीमा विवाद समाधान गर्न राजी भएका थिए। त्यस्तै, उनीहरुबीच कूटनीतिक सम्बन्ध स्थापनाको प्रक्रियालाई तीव्रता दिने सहमति पनि भएको थियो। यो विषयले नयाँदिल्लीलाई झट्का लागेको विश्लेषण हुन थालेका थिए।

त्यसलगत्तैको भुटानी राजाको भारत भ्रमणमा मोदीले भुटानको सामाजिक–आर्थिक विकासमा भारतको सदा साथ रहने आश्वासन दिएका छन्।

संयुक्त वक्तव्यमा आसामको कोक्राझारदेखि भुटानको गेलेफुसम्म सीमापार रेलमार्ग निर्माणका लागि सर्वे गर्ने सहमति भएको उल्लेख छ। त्यस्तै, पश्चिम बंगालको बानरहाटदेखि भुटानको साम्सीसम्म रेलमार्ग निर्माणबारे अध्ययन गर्ने सहमति पनि भएको छ।

कोक्राझार–गेलेफु रेलमार्ग ५७ किलोमिटर हुनेछ। भारतको सहयोगमा बन्ने यो रेलमार्गको पूर्वसर्वेक्षण इन्डियन रेलवेले गरिसकेको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .