ad ad

राजनीति


बढ्दो असन्तुष्टिबारे माधव नेपाल : व्यवस्था बदल्ने कुरा ठीक होइन, जनताको अवस्था फेर्ने हो

बढ्दो असन्तुष्टिबारे माधव नेपाल : व्यवस्था बदल्ने कुरा ठीक होइन, जनताको अवस्था फेर्ने हो

सर्वदलीय बैठकपछि माधव नेपाल। तस्बिर : नेपालखबर


नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १५:१५, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पछिल्लो समय बढ्दै गएको जनअसन्तुष्टि सम्बोधन गर्न दलहरूले काम गर्नुपर्ने बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा भाग लिएर बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्।

‘अहिले व्यवस्था फेर्ने कुरा उठ्न थालेको छ। तर हामीले व्यवस्थालाई परिस्कृत बनाइनु जरुरी छ। व्यवस्था परिवर्तन आवश्यक छैन, यसमा सुधारको खाँचो छ’, उनले भने, ‘व्यवस्था र अवस्थाबारे मान्छेहरूको भाष्य हामीले सुनिरहेका छौँ। अहिले नै कसैले पनि व्यवस्था बदलियो, अवस्था बदलिएन भन्नु उपयुक्त होइन।’

अध्यक्ष नेपालले अहिलेको व्यवस्थामा अनेकन ढिलासुस्ती र विकृति देखिएका पनि बताए। ‘अहिले अनेकन ढिलासुस्ती र अनेकन विकृतिहरु देखिएका छन्। तिनमा सुधार हुनु आवश्यक छ’, उनले भने।

उनले आफू आजै चीनतर्फ जान लागेकाले बैठकबाट चाँडो निस्किएको बताए।‘अहिले मलाई हतार भएकाले धेरै समय बस्न सकिनँ। चीन जानुपर्ने भएकाले निस्किएँ’, उनले भने, ‘आजको विषय भूकम्पको हो। राहत र उद्धारको काम सरकारले अघि बढाइरहेको छ। राहतका विषयमा बैठकमा छलफल भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .