ad ad

ग्लोबल


अमेरिकासँगको सम्बन्ध जुनसुकै बेला तोड्न सक्ने रुसको चेतावनी

अमेरिकासँगको सम्बन्ध जुनसुकै बेला तोड्न सक्ने रुसको चेतावनी

नेपालखबर
कात्तिक ३०, २०८० बिहिबार २१:१९, काठमाडौँ

रुस र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्ध अहिले ठूलो सङ्कटबाट गुज्रिरहेको र दुई देशबीचको सम्बन्ध कुनै पनि बेला विच्छेद हुनसक्ने रुसी विदेश मन्त्रालयले बिहीबार जनाएको छ।

रुस र संयुक्त राज्य अमेरिका बीचको कूटनीतिक सम्बन्धको पुनःस्थापनाको ९० औं वर्षगाँठको उपलक्ष्यमा परराष्ट्र मन्त्रालयले दुई देशबीचको सम्बन्धलाई प्रतिबिम्बित गर्दै यस आशयको विज्ञप्ति जारी गरेको छ।

वाशिङ्गटनको ‘रुसोफोबिक’ (रुस र रूसी जनताप्रिको डर, वितृष्णा) गतिविधिका कारण सम्बन्ध विच्छेदन हुने जोखिममा रहेको मन्त्रालयले जनाएको छ।

‘यो रुसको छनोट होइन, यद्यपि, संयुक्त राज्य अमेरिकाले चालेका गैरजिम्मेवार कदमहरूले द्वन्द्वलाई बढावा दिइरहेको छ... र यसले विनाशकारी नतिजा निम्त्याउन सक्छ,' विदेश मन्त्रालयले बताएको छ। वाशिङ्गटनले आफ्नो सैद्धान्तिक उद्देश्यमा ध्यान केन्द्रित गर्दै रूसलाई गलहत्याउने रणनीतिका कारण द्विपक्षीय सम्बन्ध बिग्रिएको रुसको दाबी छ।  

अमेरिकी आधिपत्य र प्रभुत्वलाई 'आधारभूत विश्वदृष्टिकोण' मान्ने वर्तमान अमेरिकी राजनीतिक अभिजात वर्गका नीतिहरूले पनि सम्बन्धलाई ठूलो मात्रामा बाधा पुर्‍याएको रुसको बुझाइ छ।

'संयुक्त राज्य अमेरिका रुसका जनताको अशान्ति र स्थिर शासन व्यवस्था परिवर्तनलाई व्यवस्थित गर्नमा केन्द्रित छ, र यसले यी लक्ष्यहरू प्राप्त गर्न स्रोतहरू लगानी गरिरहेको छ', विज्ञप्तिमा भनिएको छ। (एएफपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .