ad ad

ग्लोबल


चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु

चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु

नेपालखबर
पुस ३, २०८० मंगलबार ७:१४, काठमाडौँ

चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने गान्सु प्रान्तमा सोमबार राति गएको शक्तिशाली भूकम्पमा परेर एकसय भन्दा बढीको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण भवनहरु भत्किँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ। चिनियाँ अधिकारीहरुका अनुसार दुईसय भन्दा धेरै घाइते भएका छन्।

चिनियाँ सरकारी सञ्चारमाध्यमले सोमबार राति गान्सु प्रान्तमा ६.२ रेक्टरस्केलको भूकम्प गएको जनाएका छन्। 

भूकम्पको कारण भत्किएका भौतिक संरचनाको भग्नावशेषमा धेरै पुरिएको आशंका गरिएको छ। कयौँ घाइते भएका छन्।

छिमेकी प्रान्त क्विङहाईको हाइडोङ सहरमा ११ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ।

युएसजीएसका अनुसार यो भूकम्प लिनक्सिया चेङगुआन्जेनबाट करिब २३ माईल पश्चिम उत्तरपश्चिममा ६ माइलभन्दा कम गहिराइमा गएको थियो। 

प्रान्तीय राजधानी लान्झाउ भूकम्पको केन्द्रबिन्दुबाट करिब ६० माइल टाढा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .