ad ad

ग्लोबल


चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या १३१ पुग्यो

चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या १३१ पुग्यो

नेपालखबर
पुस ४, २०८० बुधबार १०:५८,

चीनको गान्सु प्रान्त र छिमेकी छिङहाइ प्रान्तमा सोमबार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुगेको छ।

गान्सुमा १ सय १३ र छिङहाइमा १८ जनाको ज्यान गएको छ भने अहिलेसम्म ७ सयभन्दा बढी घाइते भएका छन्। भूकम्पले गान्सुमा १ लाख ५५ हजार ३ सय ९३ घरमा क्षति पुगेको छ।

चीनले भूकम्पका लागि राष्ट्रिय प्रकोप-राहत आपत्‌कालीन प्रतिक्रियास्तर २ मा स्तरोन्नति गरेको छ। भूकम्प प्रभावित क्षेत्रमा केन्द्रीय संस्थाका परियोजनाबाट ७३६ भन्दा बढी उद्धारकर्ता र नजिकैका क्षेत्रमा २ हजार ४२ अग्निनियन्त्रक पठाइएको आपत्‌कालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ।

मंगलबार बेलुका ७ बजेसम्म ७४ जनाको उद्धार गरिएको छ। त्यस्तै मंगलबार नै गान्सु र छिमेकी छिङहाइ प्रान्तमा भूकम्पबाट प्रभावितलाई आधारभूत आवश्यकता पूरा गर्न १ लाख ३३ हजार ५ सय राहत सामग्री पठाइएको छ।

भूकम्पले नराम्ररी प्रभावित क्षेत्र जोड्ने सबै ग्रामीण राजमार्गमा साँझ ७ बजेदेखि आवागमन सुचारु गरिएको छ। गान्सु र छिङहाइका सबै द्रुतमार्ग साथै राष्ट्रिय र प्रादेशिक ट्रंक सडकहरू सुचारु रूपमा सञ्चालन भइरहेका छन्। राहत कर्मचारी, आपूर्ति र सवारी साधनहरू विपद् प्रभावित क्षेत्रमा निर्वाध रूपमा पुग्न सक्ने यातायात मन्त्रालयले जनाएको छ। भूकम्प प्रभावित क्षेत्रमा विद्युत्‌ आपूर्ति सुचारु गर्न पनि प्रयास भइरहेको बताइएको छ। -सिन्ह्वा/नान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .