आफ्नो तर्फबाट युक्रेनसँगको युद्धमा लड्ने विदेशी लडाकुहरुलाई रुसले नागरिकता दिने भएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार एक आदेश जारी गर्दै विदेशी लडाकु र तिनका परिवारलाई नागरिकता प्राप्त गर्ने बाटो खोलिदिएका हुन्।
सो आदेशमा युक्रेनविरुद्धको ‘विशेष सैन्य कारबाही’ मा सहभागी हुन सम्झौता हस्ताक्षर गरेका व्यक्तिहरुले तिनका पति/पत्नी, छोराछोरी र बुवाआमाका लागि रुसी पासपोर्ट प्राप्त गर्न आवेदन दिन सक्ने उल्लेख छ।
तर, त्यसका लागि कम्तीमा उनीहरुले एक वर्षको सम्झौता गरेको हुनुपर्नेछ।
नियमित सेना र अन्य सैन्य टुकडी (वाग्नर लगायत) मा सम्झौता गर्नेहरुले यो सुविधा पाउनेछन्।
थप विदेशीलाई रुसी सेनामा आकर्षित गर्न यो योजना अघि सारिएको आकलन गरिएको छ।
रुसले आफ्नो सेनामा रहेका विदेशीको संख्या सार्वजनिक गरेको छैन।
नेपालबाट समेत सयौँको संख्यामा अवैध रुपमा रुसी सेनामा सामेल भएका छन्। जसमध्ये करिब १० जनाले ज्यान गुमाइसकेको खबर सार्वजनिक भएका छन्। सरकारले रुस र युक्रेनका लागि श्रम स्वीकृति दिन समेत बन्द गरेको छ।
Shares
प्रतिक्रिया