ad ad

ग्लोबल


सबैभन्दा धनी ५ जनाले ४ वर्षमा सम्पत्ति दोब्बर बनाउँदा ५ अर्ब मानिस झन् गरिब

सबैभन्दा धनी ५ जनाले ४ वर्षमा सम्पत्ति दोब्बर बनाउँदा ५ अर्ब मानिस झन् गरिब

नेपालखबर
माघ १, २०८० सोमबार १४:४,

विश्वका सबैभन्दा धनी ५ जना व्यक्तिले २०२० यता आफ्नो सम्पत्ति दोब्बर बनाएको अक्सफामले जनाएको छ।

यी पाँच जनाको सम्पत्तिमा संयुक्त रुपमा गएको चार वर्षमा प्रतिघण्टा १ करोड ४० लाख डलरले वृद्धि भएको अक्सफामले सोमबार सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ। धनीमानीहरु वर्ल्ड इकोनोमिक फोरमका लागि डाभोसमा भेला भएकै बेला अक्सफामले सो रिपोर्ट सार्वजनिक गरेको हो।

एलभीएमएचका प्रमुख बर्नार्ड आर्नो, अमेजनका जेफ बेजोस, लगानीकर्ता वारेन बफेट, अराकलका संस्थापक ल्यारी एलिजन र टेस्ला सीईओ इलोन मस्कको सम्पत्ति यसरी बढेपछि यही अवधिमा ५ अर्ब मानिस भने पहिलेभन्दा गरिब भएको सो रिपोर्टमा बताइएको छ।

२०२० को तुलनामा अर्बपतिको सम्पत्तिमा ३.३ ट्रिलियन वृद्धि भएको छ। विश्वका १० ठूला कम्पनीमध्ये ७ वटाको नेतृत्व अर्बपतिहरुले गर्दै आएका छन्।

यही खालको प्रवृत्ति कायम रहे एक दशकभित्रै १ हजार अर्ब सम्पत्ति भएका पहिलो व्यक्ति विश्वले पाउने तर आउँदो २२९ वर्षसम्म गरिबी भने निवारण नहुने अक्सफामले जनाएको छ।

अक्सफाम इन्टरनेसनलका अन्तरिक कार्यकारी निर्देशक अमिताम बेहरले कसैसँग पनि अर्ब डलर सम्पत्ति हुन नहुने बताए।

‘असमानता दुर्घटना होइन। अर्बपति वर्गले कर्पोरेसनहरुले अरुको मूल्यमा तिनको सम्पत्ति अझ बढाओस् भन्ने सुनिश्चित गरिरहेको छ,’ उनले भनेका छन्।

कर्पोरेसनहरुले एक दशकअघि भन्दा अहिले एक तिहाइ कम कर तिर्ने पनि रिपोर्टमा उल्लेख छ।

यसलाई रोक्न सरकारले सीईओहरुको तलबको सीमा तोक्नुपर्ने, निजी एकाधिकार तोड्नुपर्ने र वार्षिक १.८ ट्रिलियन डलर उठाउनेगरी सम्पत्ति कर लगाउनुपर्ने सिफारिस पनि अक्सफामले गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .