इरानले हुथी विद्रोहीलाई यमन पठाएको हतियार कब्जा गर्न जाँदा हराएका अमेरिकी नौसेनाका दुई कमान्डोलाई मृत घोषित गरिएको अमेरिकी सेनाले जनाएको छ।
यो घटना जनवरी ११ का दिन सोमालियानजिक समुद्रमा भएको थियो। इरानले यमनका हुथी विद्रोहीलाई पठाउँदै गरेको हतियार पक्रिन अमेरिकी कमान्डो खटिएका थिए।
तीमध्ये एक जनामा पानीमा बगेका थिए भने अर्का कमान्डो उनलाई बचाउन हाम फालेका थिए।
उनीहरुको शव निकाल्ने प्रयास भइरहेको अमेरिकी सेनाको सेन्ट्रल कमान्डले जनाएको छ।
उनीहरुको खोजीमा अमेरिकी, जापानी र स्पेनी नौसैनिक टुकडीले १० दिन बिताएका थिए। करिब ५४ हजार वर्गकिमि क्षेत्रमा उनीहरुको खोजी गरिएको थियो।
रात्रिकालीन अपरेसनमा एउटा डुंगामा चढ्ने प्रयासमा उनीहरु पानीमा डुबेका थिए।
सो डुंगामा इरानमा निर्मित क्षेप्यास्त्रका पार्टपुर्जा फेला परेको अमेरिकी सेनाले जनाएको थियो। एजेन्सी
Shares
प्रतिक्रिया