ad ad

ग्लोबल


नितिश कुमारले फेरि ‘यू–टर्न’ लिने अड्कल, लेलान् नवौँ पटक मुख्यमन्त्रीको शपथ?

नितिश कुमारले फेरि ‘यू–टर्न’ लिने अड्कल, लेलान् नवौँ पटक मुख्यमन्त्रीको शपथ?

नेपालखबर
माघ १२, २०८० शुक्रबार १७:५१,

बिहारको राजधानी पटनामा हिँउदमा पनि राजनीतिको पारो निकै उक्लिएको छ। मुख्यमन्त्री नीतिश कुमार गठबन्धन छाडेर भारतीय जनता पार्टीसँग मिल्ने चर्चा केही दिनयता चलिरहेको छ।

उनले शनिबार नै मुख्यमन्त्री पदबाट राजीनामा दिने र भाजपाको समर्थनमा फेरि नवौँ पटक सो पद सम्हाल्ने अड्कल भइरहका छन्।

यस्तो अड्कलबाजीको सुरुवात बुधबार भएको थियो। त्यो दिन कर्पुरी ठाकुरको जयन्तीमा बोल्दै वंशवादी राजनीतिमाथि व्यंग्य गरेका थिए। दिवंगत ठाकुरलाई भाजपा सरकारले केही दिनअघि मात्र भारत रत्न दिने घोषणा गरेको थियो।

३० जनवरीमा राहुल गान्धीको र्‍यालीमा नितिश कुमार सहभागी नहुने खबर आयो।

यदि अड्कलबाजी सही ठहरियो भने मुख्यमन्त्री हुँदाहुँदै नितिश कुमारले गठबन्धन बदलेको यो पाँचौँ पटक हुनेछ। 

अगस्ट २०२२ मा मात्र उनले भाजपाको साथ छाडेर लालु यादवको आरजेडीसँग हात मिलाएका थिए।

भाजपा नेता सुशील मोदीले भाजपामा सबैलाई ढोका खुला रहेको बताएका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .