ad ad

ग्लोबल


जितनजिक पुग्दा ५८ रनमा आउट भए कप्तान देव खनाल

जितनजिक पुग्दा ५८ रनमा आउट भए कप्तान देव खनाल

तस्बिर : क्यान


नेपालखबर
माघ १२, २०८० शुक्रबार १९:५८, काठमाडौँ

आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा कप्तानी इनिङ खेलेका देव खनाल आउट भएका छन्।

नेपाली टोलीबाट अफगानिस्तानविरुद्ध अर्धशतक बनाएका उनी जितनजिक पुगेका बेला आउट भएका हुन्। 

लगातार विकेट गुमाएर दबाबमा परेको नेपाललाई चौथो क्रममा आएका खनालले उद्धार गर्दै लक्ष्यतर्फ अघि बढाएका थिए। तर ५८ रन बनाएको अवस्थामा खनाल आउट भएपछि नेपालमाथि दबाब बढेको छ।

उनले ८९ बलको सामना गर्दै ५८ रनको कप्तानी इनिङ खेले।

खनाल आउट भएपछि अहिले क्रिजमा सुवास भण्डारी आएका छन्। खनाललाई साथ दिएका दीपक बोहोरा ३० बलमा १८ रनसहित क्रिजमा छन्।

सम्हालिएर खेल्न सके नेपाल जितनजिक छ। नेपालले ३७ ओभर खेल्दै ७ विकेटको क्षतिमा १२७ रन बनाइसकेको छ।

अफगानिस्तनले पहिले ब्याटिङ गर्दै दिएको १ सय ४६ रनको लक्ष्य अहिले नेपालले पछ्याइरहेको छ।

पहिले ब्याटिङमा उत्रिएको आफगानिस्तानविरुद्ध तीव्र गतिका बलर आकाश चन्द चम्किँदा नेपालले सामान्य लक्ष्य पाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .