ad ad

ग्लोबल


दाँत उखेल्दा २३ वर्षीय युवकको मृत्यु!

दाँत उखेल्दा २३ वर्षीय युवकको मृत्यु!

नेपालखबर
माघ २१, २०८० आइतबार १५:१९, काठमाडौँ

चीनमा दाँत निकालेकै कारण २३ वर्षीय युवकको मृत्यु भएको छ।

आजका दिन र यो उमेरमा दाँत निकाल्नु एकदमै सामान्य कुरा मानिन्छ। जसमा बिरामीलाई न्यूनतम मात्र जोखिम हुन्छ।

तर चीनको घटनाले ‘न्यूनतम’को अर्थ ‘शून्य’ नहुने देखाएको छ। 

घटना  चीनस्थित हुनान प्रान्तको हो। वाङ नाम गरेका ती युवक दाँत दुखेपछि उपचारका लागि सेन्जेन सहरको कुइयोङ पिपुल्स हस्पिटल गएका थिए।

चेकजाँचपछि चिकित्सकले उनका दुइटा दाँत झिक्नुपर्ने बताए। त्यसमा युवक सहमत भए।

दाँत झिकिसकेपछि उनलाई दाँतको एक्सरे गर्न भनियो। त्यसका लागि कुर्सीबाट उठ्नेबित्तिकै उनी बेहोस भएर भुँइमा ढले।

तत्कालै उनलाई अस्पतालको आकस्मिक कक्षमा लगियो।

त्यहाँका डाक्टरले उनका दुई दाँत निकालेपछि मस्तिष्कभित्र रक्तस्राव भएको पाए। जटिल प्रक्रियापछि उनी कोमामा गए र धेरै अंग फेल भएका कारण १४ दिनपछि उनको मृत्यु भयो।

वाङको मृत्युपछि उनको परिवारले अस्पतालविरुद्ध मुद्दा हालेको छ। जसमा अस्पतालका चिकित्सक र कर्मचारीको लापरबाहीका कारण वाङको मृत्यु भएको दाबी गरिएको छ। तर अस्पतालले चिकित्सकले उपचारसम्बन्धी प्रोटोकल र नियम उल्लंघन नगरेको दाबी गरिरहेको छ।

वाङको परिवारले १८ लाख युआन क्षतिपूर्ति माग गरेको छ भने अस्पताल ६ लाख युआन मात्र दिन तयार भएको छ। 

अन्तिम संस्कार गर्‍यो भने प्राण नष्ट होला भनेर परिवारले ५ महिनादेखि वाङको शवलाई शवगृहमै राखिरहेको छ। दाँत झिक्दा युवकको मृत्यु कसरी भयो भन्ने विषयमा छानबिन भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .