ad ad

ग्लोबल


पुटिनको आदेशमा विपक्षी नेता नभाल्नीलाई जेलमै मारिएको आरोप, अझै शव पाएनन् परिवारले

पुटिनको आदेशमा विपक्षी नेता नभाल्नीलाई जेलमै मारिएको आरोप, अझै शव पाएनन् परिवारले

फाइल तस्बिर : हतकडीमा नभाल्नी


नेपालखबर
फागुन ६, २०८० आइतबार ७:५, काठमाडौँ

रुसी अनुसन्धानकर्ताहरूले अनुसन्धान पूरा नभएसम्म विपक्षी नेता अलेक्सी नभाल्नीको शव परिवारलाई हस्तान्तरण नगर्ने बताएका छन्।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नभाल्नीको केही दिनअघि जेलमै मृत्यु भएको थियो। 

तर नभाल्नीका प्रवक्ता किरा यार्मिसले उनको मृत्यु नभईं राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा हत्या गरिएको आरोप लगाएकी छन्।

‘हामीलाई थाहा छ, यो मृत्यु मात्र होइन हत्या हो’, उनले भनिन्, ‘प्रमाण लुकाउन खोजिरहेका छन्, परिवारलाई शव बुझाउँदैनन्, त्यही भएर लुकाइरहेका छन्।’

नभाल्नीको शव कहाँ छ र कहिले उनको परिवारलाई बुझाइन्छ भन्ने थाहा नभएको यार्मिसले बताइन्।

उनले रुसी कानुनअनुसार कैदीको शव मृत्यु भएको दुई दिनपछि नै परिवारलाई बुझाउनुपर्ने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .