ad ad

ग्लोबल


हड्तालमा उत्रिए दक्षिण कोरियाली डाक्टर

हड्तालमा उत्रिए दक्षिण कोरियाली डाक्टर

नेपालखबर
फागुन ८, २०८० मंगलबार १२:२५,

दक्षिण कोरियामा डाक्टरहरुले आन्दोलन सुरु गरेका छन्। डाक्टरहरुको संख्या बढाउने योजनाको विरोधमा उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

सोमबार ६ हजारभन्दा बढी इन्टर्न र रेजिडेन्टले राजीनामा दिएका छन्। 

विकसित मुलुकहरुमध्ये दक्षिण कोरियामा बिरामीको अनुपातको डाक्टरको संख्या सबैभन्दा कम छ। त्यसैले सरकार मेडिकल कलेजहरुको सिट बढाउन चाहन्छ।

तर, त्यसबाट प्रतिस्पर्धा बढ्ने भन्दै डाक्टरहरुले विरोध गरेका हुन्।

दक्षिण कोरियामा स्वास्थ्य सेवा मूलतः निजीकरण भएको छ। धेरैजसो उपचार बिमामार्फत हुन्छ भने ९० प्रतिशत अस्पताल निजी छन्।

र, दक्षिण कोरियाका डाक्टर विश्वमै सबैभन्दा धेरै तलब हुनेमा पर्छन्। सार्वजनिक अस्पताल औसत विशेषज्ञ डाक्टरले वार्षिक २ लाख डलर हाराहारी तलब पाउँछन्। त्यो अन्य पेसाको तुलनामा धेरै बढी हो।

तर, दक्षिण कोरियामा प्रति १ हजार मानिस बराबर २.५ जना मात्र डाक्टर छन्।

ठूलो संख्यामा देशभरिका डाक्टर काममा नआएपछि स्वास्थ्य सेवामा त्यसको असर पर्ने चिन्ता व्यक्त गरिएको छ। सोमबार १ हजार ६३० डाक्टर काममा नआएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सोही दिन ६ हजार ४१५ ले राजीनामा पत्र बुझाएका छन्। मंगलबारबाट हड्तालमा उत्रिने उनीहरुले बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .