भारतको पन्जाब राज्यका मुख्यमन्त्री भगवन्त मानले किसान आन्दोलनका क्रममा खनौरी सीमामा मारिएका युवकका परिवारलाई १ करोड रुपैयाँ सहयोग र बहिनीलाई सरकारी जागिर दिने घोषणा गरेका छन्।
मुख्यमन्त्री मानले ट्विटरमा लेखेका छन्, ‘खनौरी सीमामा किसान आन्दोलनका क्रममा सहिद भएका शुभकरन सिंहको परिवारलाई पन्जाब सरकारले १ करोड रुपैयाँ (भारु) आर्थिक सहयोग गर्नेछ भने कान्छी बहिनीलाई सरकारी जागिर दिनेछ। दोषीलाई कानुनी कारबाही गरिनेछ...हामी आफ्नो कर्तव्य पूरा गर्दै छौँ।’
यही फेब्रुअरी २१ तारिख खनौरी नाकामा किसान र सुरक्षाकर्मीबीच भिडन्त हुँदा युवा किसान शुभकरन सिंहको मृत्यु भएको थियो।
गोली लागेर शुभकरनको मृत्यु भएको किसान नेताहरूको दाबी छ तर मृत्युको कारणबारे अनुसन्धान जारी रहेको बीबीसी हिन्दीले जनाएको छ।
उनको मृत्युपछि किसान संगठन संयुक्त किसान मोर्चाले फेब्रुअरी २३ का दिन ‘ब्ल्याक फ्राइडे’ मनाउने र २६ तारिखमा सबै राजमार्गमा ट्र्याक्टर र्याली निकाल्ने जनाएको छ।
ਖਨੌਰੀ ਬਾਰਡਰ ਤੇ ਕਿਸਾਨ ਅੰਦੋਲਨ ਦੌਰਾਨ ਸ਼ਹੀਦ ਹੋਏ ਨੌਜਵਾਨ ਸ਼ੁਭਕਰਨ ਸਿੰਘ ਦੇ ਪਰਿਵਰ ਨੂੰ ਪੰਜਾਬ ਸਰਕਾਰ ਵੱਲੋਂ 1 ਕਰੋੜ ਰੁਪਏ ਦੀ ਆਰਥਿਕ ਸਹਾਇਤਾ ਅਤੇ ਛੋਟੀ ਭੈਣ ਨੂੰ ਸਰਕਾਰੀ ਨੌਕਰੀ ਦਿੱਤੀ ਜਾਵੇਗੀ..ਦੋਸ਼ੀਆਂ ਵਿਰੁੱਧ ਬਣਦੀ ਕਾਨੂੰਨੀ ਕਾਰਵਾਈ ਕੀਤੀ ਜਾਵੇਗੀ..ਫਰਜ਼ ਨਿਭਾ ਰਹੇ ਹਾਂ..
— Bhagwant Mann (@BhagwantMann) February 23, 2024Shares
प्रतिक्रिया