अमेरिकाको राजधानी वासिङ्टनस्थित इजरायली दूतावासअघि वायुसेनाका एक सदस्यले आत्मदाह गरेका छन्।
आइतबार दिउँसो सो घटना भएको हो।
आफूलाई आगो लगाउनुअघि उनले ‘फ्री प्यालेस्टाइन’ भनेको सामाजिक सञ्जालमा राखिएका भिडिओहरुमा देखिएको छ।
सो घटनाबारे प्रहरी र सिक्रेट सर्भिसले छानबिन गरिरहेको छ।
आत्मदाह गरेका व्यक्तिलाई आगो निभाएर अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर रहेको जनाइएको छ।
इजरायली दूतावासअघि यस्तो घटना भएको पहिलो पटक होइन। गत डिसेम्बरमा पनि जर्जिया राज्यस्थित इजरायली कन्सुलेटअगाडि एक प्रदर्शनकारीले आफैँलाई आगो लगाएका थिए एजेन्सी
120
Shares
प्रतिक्रिया