धारा ३७० खारेजीपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक कस्मिर पुगेका छन्। सोही धारा खारेजीका कारण स्थानीयले स्वतन्त्र सास फेर्न पाएको दाबी उनले गरे।
श्रीनगरको बख्सी रंगशालामा मोदीले कस्मिरीहरुको मन जितिरहने वाचा पनि गरे।
‘धारा ३७० खारेजीपछि कस्मिरले प्रगति र समृद्धिको नयाँ उचाइ छोइरहेको छ। स्थानीयहरुले उन्मुक्त भएर सास लिन पाएका छन्। यो आजादी धारा ३७० को खारेजीपछि आएको हो,’ उनले विपक्षी दलहरुतर्फ निसाना लगाउँदै भने, ‘दशकौँसम्म कंग्रेस र उसका सहयोगीहरुले जम्मु र कस्मिरका जनतालाई भ्रमित तुल्याएका थिए।’
कस्मिरलाई आफ्नो परिवार भन्दै उनले सो स्थान सधैँ आफ्नो मनमुटुमा बस्ने उनको भनाइ थियो।
उनले कस्मिरी जनतालाई रमजान र महाशिवरात्रीको शुभकामना पनि दिए। एजेन्सी
57
Shares
प्रतिक्रिया