टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीले हालको युक्रेन संकट समाधान गर्न रसियालाई समावेश गर्ने शान्ति शिखर सम्मेलन गर्न तयार रहेको बताएका छन्।
इस्तानबुलको डोल्माबाहसे दरबारमा भएको छलफलपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको संयुक्त पत्रकार सम्मेलनमा एर्दोगानले उक्त टिप्पणी गरेका हुन्।
जुलाई २०२२ मा संयुक्त राष्ट्र संघ र टर्कीद्वारा मध्यस्थता गरिएको पहलले युक्रेनी ब्ल्याक सी बन्दरगाहबाट खाद्यान्न र मल निर्यात गर्न अनुमति दिने मानवीय समुन्द्री कोरिडोर सिर्जना गरेको थियो।
टर्कीका नेताले कालो सागरमा नेभिगेसनको सुरक्षा, सामुद्रिक मार्गका बन्दरगाहहरूको सुरक्षा र कैदी आदानप्रदान जस्ता मुद्दाहरूमा पनि छलफल भएको बताए।
जेलेन्स्कीले युक्रेन र फराकिलो ब्ल्याक सी क्षेत्र दुवैको लागि सुरक्षा बलियो बनाउन र निष्पक्ष शान्ति प्राप्त गर्न आफ्नो देशको प्रयासलाई जोड दिए। उनले युक्रेनको क्षेत्रीय अखण्डता, सार्वभौमिकता र स्वतन्त्रतालाई समर्थन गरेकोमा एर्दोगानप्रति कृतज्ञता व्यक्त गर्दै महत्वपूर्ण मानवीय परिणामहरू प्राप्त गर्न टर्किएको भुमिकालाई स्वीकार गरे। (सिन्ह्वा÷न्युज एजेन्सी)
Shares
प्रतिक्रिया