ad ad

ग्लोबल


भोट दिएपछि राष्ट्रपति विक्रमासिंघेले भने- यो श्रीलंकाका लागि परिवर्तनको समय हो

भोट दिएपछि राष्ट्रपति विक्रमासिंघेले भने- यो श्रीलंकाका लागि परिवर्तनको समय हो

राष्ट्रपति रनिल विक्रमासिंघे


नेपालखबर
असोज ५, २०८१ शनिबार १०:३८, काठमाडौँ

श्रीलंकामा आज भइरहेको राष्ट्रपतीय निर्वाचनअनतर्गत राष्ट्रपति रनिल विक्रमासिंघेले कोलम्बोमा मतदान गरेका छन्।

त्यसपछि उनले देश र देशको परम्परागत अर्थतन्त्रलाई ध्वस्त पारेको परम्परागत राजनीतिबाट श्रीलंकामा परिवर्तन गर्नुपर्ने समय आएको बताए। 

बीबीसीका अनुसार उनले भने, ‘देशलाई नयाँ सामाजिक र राजनीतिक व्यवस्था चाहिएको छ।’

विक्रमासिंघेले आफूहरूले सरकार र लोकतान्त्रिक प्रणालीलाई स्थिर गरेको दाबी गर्दै अब जनताले आफ्नो भविष्यका लागि आफ्नो मताधिकार प्रयोग गर्न सक्ने अवस्थामा आएको बताए। 

उनले भने, ‘हामीले लोकतन्त्रको रक्षा गर्नु र लोकतान्त्रिक प्रणालीलाई भत्कन नदिनु महत्त्वपूर्ण छ। यसमा ठूलो योगदान गर्न पाएकोमा म खुसी छु।’

श्रीलंकाका ७५ वर्षीय राष्ट्रपति विक्रमासिंघे यसपटक स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .