रुसी सेनाको एउटा कार्गो विमान दुर्घटना भएको छ। रक्षा मन्त्रालयले जनाएअनुसार सो विमानमा १५ जना सवार थिए।
इल्युसिन आईएल–७६ कार्गो विमान मंगलबार उड्नेबित्तिकै दुर्घटनाग्रस्त भएको थियो।
विमानको एउटा इन्जिनमा आगो लागेको थियो।
रक्षा मन्त्रालयले सो दुर्घटना इभानोभो क्षेत्रमा भएको बताएका छन्।
दुर्घटनामा केही पनि नबाँचेको रुसी सञ्चारमाध्यमले बताएका छन्।
सामाजिक सञ्जालमा आगो सल्केको विमान झर्दै गरेको भिडिओहरु भाइरल भएका छन्। एजेन्सी
708
Shares
प्रतिक्रिया