म्यानमारमा जेलमा रहेकी प्रजातन्त्रवादी नेतृ आङ सान सू चीको लिलामीमा चढेको घर किन्न कोही पनि तयार नभएको बताइएको छ।
यांगुनको यो पुर्ख्यौली सम्पत्ति सर्वोच्च अदालतको आदेशले लिलामीमा चढेको थियो। घरका विषयमा सू ची र उनका दाजु आङ सान वूबीचको विवाद थियो।
लिलामीका विषयमा रिपोर्टिङ गर्न पत्रकारहरु पुगे पनि किन्न कोही नआएकाले लिलामीको नेतृत्व गर्ने अधिकारी फर्केको रोयटर्सले जनाएको छ।
यो घर अमेरिकी दूतावासबाट नजिकै छ। यही घरमा उनले १५ वर्षे नजरबन्दसहित तीन दशकभन्दा लामो समय बिताएकी थिइन्।
घरको सुरुवाती १५ करोड डलर राखिएको थियो। कतिपय सञ्चारमाध्यमले भने ९ करोड डलर भएको उल्लेख गरेका छन्।
२०२१ को कूपछि सू ची २७ वर्षे नजरबन्दमा छिन्। उनलाई राखिएको ठाउँ खुलाइएको छ। एजेन्सी
282
Shares
प्रतिक्रिया