रुसले युक्रेनको राजधानी किभमा फेरि आक्रमण गरेको छ।
रुसी सेनाले कीभमा शृङ्खलाबद्ध हवाई हमला गरेको हो। यसपछि युक्रेनले पूरै देशमा अलर्ट जारी गरेको छ।
आक्रमणका बीचमा किभमा बसोबास गर्ने युक्रेनीहरू शरण लिन मेट्रो स्टेसनतिर दौडिरहेको देखियो।
यसैबीच युक्रेनको छिमेकी राष्ट्र पोल्यान्डले पनि आफ्नो वायुसेना सक्रिय गरेको छ।
पोल्यान्डले आफ्नो सिमानामा रहेको युक्रेनी सहर लभिभमा रुसी हवाई हमला गरेपछि आफ्नो हवाई क्षेत्रको निगरानी बढाएको छ।
किभमा रुसी आक्रमण बिहान ५ बजे सुरु भयो। युक्रेनको सेनाले रुसको हवाई आक्रमणको कडा जवाफ दिएको जनाएको छ।
शुक्रबार पनि रुसले दर्जनाैँ मिसाइल प्रहार गरेको थियो।
जसका कारण बाँध नराम्ररी क्षति पुगेको छ। बाँध भत्किँदा जलविद्युत केन्द्र बन्द भयो र धेरै युक्रेनी क्षेत्र अन्धकारमा डुबेका थिए।
72
Shares
प्रतिक्रिया