ताइवान भूकम्पमा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ। ७३६ जना घाइते भएको ताइवानी अधिकारीहरूले बताएका छन्।
७.४ म्याग्निच्युडको भूकम्पको एपिसेन्टर टापुको पूर्वी किनारा रहेको बताइएको छ।
भूकम्पका कारण दुई वटा सुरुङमा ७७ जना फसेका छन्। त्यसमध्ये हुवालिएन काउन्टीको चिनवेन टनेलमा ६० जना फसेका छन्।
सो काउन्टीको दाचिङसुइ टनेलमा १५ जना फसेको बताइएको छ। त्यसबाहेक दुई जर्मन नागरिक अर्को सुरुङमा थुनिएका छन्।
ताइवानमा २ करोड ३० लाख हाराहारी जनसंख्या छ। जसको अधिकांश हिस्सा राजधानी ताइपेई र पश्चिमी तटीय क्षेत्रमा बस्छन्।
पूर्वी तटमा जनसंख्या कम छ। भूकम्पको एपिसेन्टर रहेको हुवालिएन काउन्टीको जनसंख्या ३ लाख हाराहारी छ। जसमध्ये १ लाख हुवालिएन सहरमै बस्छन्।
तर, कतिपय बस्ती टाढाटाढाका पहाडी क्षेत्रमा छन्। त्यहाँको क्षतिको विवरण आउन समय लाग्ने बताइएको छ। एजेन्सी
90
Shares
प्रतिक्रिया