विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार इजरायली आक्रमणपछि गाजाको सबैभन्दा ठूलो अस्पताल खरानीमा परिणत भएको र धेरैवटा शव फेला परेको बताउको छ।
इजरायली सुरक्षा बलहरू गाजा सहरको अल–शिफा अस्पतालबाट दुई हप्ताको सैन्य कारबाही पछि बाहिर आएका थिए।
डब्ल्यूएचओ मिसन अन्ततः शुक्रबार यस अस्पतालमा प्रवेश गर्न सफल भयो। जहाँ डब्लुएचओले २५ मार्चदेखि जाने प्रयास गरिरहेको थियो।
डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले ट्विट गर्दै यस अस्पतालको अवस्थाबारे जानकारी दिएका छन्।
उनले भनेका छन्, ‘डब्ल्यूएचओ र यसका साझेदार अल–शिफामा पुग्न सफल भए, जुन गाजाको स्वास्थ्य प्रणालीको मेरुदण्ड थियो। हालैको घेराबन्दी पछि यो मानव चिहानमा परिणत भएको छ।’
उनले आफ्नो टोलीले त्यहाँ कम्तीमा पाँचवटा शव फेला पारेको बताएका छन्।
उनले भनेका छन्, ‘हामीले कम्प्लेक्सका अधिकांश भवन नराम्ररी ध्वस्त भएको र अधिकांश सामान नष्ट भएको वा खरानीमा परिणत भएको पायौँ।’
हेर्नुहोस् डब्ल्यूएचओ प्रमुखले भिडिओ फुटेजसहित गरेको ट्विट–
.@WHO and partners managed to reach Al-Shifa — once the backbone of the health system in #Gaza, which is now an empty shell with human graves after the latest siege. The team witnessed at least five dead bodies during the mission.
— Tedros Adhanom Ghebreyesus (@DrTedros) April 6, 2024
Most of the buildings in the hospital complex… pic.twitter.com/jSKVfZkR5f
Shares
प्रतिक्रिया