अमेरिकाका राष्ट्रपति जो बाइडेनले इरानले इजरायलमा आक्रमण गर्ने आशंका व्यक्त गरेका छन्।
तर उनले इरानलाई त्यसो नगर्न आग्रह गरेका छन्।
बाइडेनले इरानले सिरियामा रहेको आफ्नो दूतावासमा भएको इजरायली आक्रमणविरुद्ध बदला लिने डर व्यक्त गरे।
शुक्रबार इरानले इजरायलमा आक्रमण गर्नसक्नेबारे सोध्दा बाइडेनले भने, ‘यो नगर्नुहोस्।’
बाइडेनले अमेरिकाले इजरायललाई समर्थन गर्ने बताएका छन्।
‘हामी इजरायलको सुरक्षाका लागि प्रतिबद्ध छौं, हामी इजरायललाई समर्थन गर्छौं। हामी इजरायलको रक्षा गर्छौँ र इरान सफल हुन सक्दैन’, उनले भने।
यही अप्रिल १ मा इजरायलले सिरियामा इरानी दूतावासनजिकै हवाई हमला गरेको थियो।
जसमा इरानका दुई शीर्ष सेना कमान्डरसहित १३ जनाको मृत्यु भएको थियो।
त्यसपछि इरानले इजरायललाई बदला लिने धम्की दिएको थियो।
156
Shares
प्रतिक्रिया