अस्ट्रेलियाको सिड्नी सहरमा फेरि चक्कु आक्रमणको अर्काे घटना भएको छ।
बीबीसीका अनुसार सिड्नीमा झगडाका क्रममा छुरा प्रहार हुँदा एक क्रिस्चियन धर्मगुरु र अन्य कैयौँ व्यक्ति घाइते भएका छन्।
घटना सोमबार साँझको हो। स्थानीय सञ्चारमाध्यमका अनुसार क्रस्चियन कार्यक्रम अनलाइन प्रसारण भइरहेको थियो।
प्रहरीका अनुसार चक्कु प्रहारबाट कैयौँ घाइते भए पनि कसैलाई गम्भीर चोट भने लागेको छैन।
घटनामा एक जना पक्राउ परेका छन्।
यसअघि शनिबार मात्र सिड्नीकै एक सपिङ मलमा चक्कु प्रहार हुँदा ६ जनाको ज्यान गएको थियो।
96
Shares
प्रतिक्रिया