तान्जनियामा भारी वर्षा र बाढीका कारण १ सय ५५ जनाको मृत्यु भएको छ।
तान्जनियाका प्रधानमन्त्री कासिम मजालिवाले उक्त जानकारी दिएका हुन्।
संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री मजालिवाले भने, ‘जनवरीदेखि भारी वर्षाका कारण १ सय ५५ जनाको मृत्यु भएको छ। अहिलेसम्म २३६ जना घाइते भएका छन्।’
उनले थपे, ‘तीव्र हावा र बाढीका कारण देशका धेरै ठाउँमा ठूलो क्षति भएको छ। यसमा बालीनाली, सडक र रेलमार्ग पनि पर्छन्।’
उनले मे महिनामा पनि वर्षा जारी रहने चेतावनी दिएका छन्।
उनले बाढी प्रभावित क्षेत्र छाड्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
कासिमले भने, ‘बाढीका कारण दुई लाख मानिस र ५१ हजारभन्दा बढी परिवार प्रभावित भएका छन्।’
बीबीसीका अनुसार तान्जनियाका छिमेकी देश केन्या र बुरुन्डीमा पनि भारी वर्षाका कारण अवस्था खराब छ।
33
Shares
प्रतिक्रिया