लन्डनमा मंगलबार बिहान एक व्यक्तिले अन्धाधुन्ध तरबारले हान्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
तरबार प्रहारबाट घाइतेमध्ये १४ वर्षीय किशोरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य चार जना घाइतेमा दुई सर्वसाधारण र दुई प्रहरी अधिकारी छन्। सूचना पाएको २२ मिनेटभित्रै आक्रमणकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले आक्रमणकारीलाई उत्तरपूर्वी लन्डनको हेनल्ट क्षेत्रबाट पक्राउ गरेको हो। उनको उमेर ३६ वर्ष रहेको बताइएको छ।
महानगरीय प्रहरी अधिकारी कमल लुइसा रोल्फेले आक्रमणकारी पनि घाइते भएको बताए।
आज बिहानै आक्रमणकारी हातमा धारिलो हतियार लिएर हेनोल्टको सडकमा घुमिरहेको देखिएको थियो। यसका तस्बिर पनि इन्टरनेटमा भाइरल भएका छन्।
261
Shares
प्रतिक्रिया