अमेरिकाले रफाह हमलालाई ध्यानमा राख्दै इजरायल जाने बमको खेप रोकेको बताएको छ।
बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीका अनुसार उक्त खेपमा ९०७ केजी तौलका १८०० बम र २२० केजी तौलका १७०० बम थिए।
इजरायलले गाजाको रफाहमा आक्रमणको घोषणा गर्दै त्यहाँ बस्ने झन्डै १ लाख मानिसलाई त्यहाँबाट हट्न चेतावनी दिएको छ।
अमेरिकाले रफाहमा शरण लिइरहेका मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने योजना नबनाएसम्म रफाहमा इजरायली आक्रमणलाई समर्थन नगर्ने बताएको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले धेरै महिनादेखि रफाहमा हमासविरुद्ध ठूलो मात्रामा कारबाही नगरेसम्म युद्धमा विजय हासिल गर्न नसकिने कुरामा जोड दिइरहेका छन्।
90
Shares
प्रतिक्रिया