इरानले कब्जामा लिएको एमएसी एरिज जहाजबाट पाँच भारतीय नागरिकलाई रिहा गरेको छ।
इरानस्थित भारतीय दूतावासका अनुसार ती पाँच भारतीय नागरिकलाई आज साँझ इरानबाट भारत पठाइनेछ।
— India in Iran (@India_in_Iran) May 9, 20245 of the Indian sailors on MSC Aries have been released and departed from Iran today evening. We appreciate the Iranian authorities for their close coordination with the Embassy and Indian Consulate in Bandar Abbas.
इरानको नौसेनाले १३ अप्रिलमा भारत आउँदै गरेको कार्गो जहाज एमएसी एरिज कब्जा गरेको थियो।
बीबीसी हिन्दीका अनुसार जहाजमा २५ जना चालक दलका सदस्य थिए। जसमध्ये १७ भारतीय नागरिक थिए।
इजरायलसँग जारी तनावका बीच इरानले यो कदम चालेको हो। यो जहाजका मालिक इजरायली व्यापारी हुन्।
जहाजको चालक दलमा एक मात्र महिला क्याडेट एन टेसा जोसेफ पनि थिइन्।
उनलाई भने जहाज नियन्त्रणमा लिएको केही दिनपछि नै रिहा गरिएको थियो।
Shares
प्रतिक्रिया