रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मिखाइल मिसुस्तिनलाई पुनः प्रधानमन्त्री पदमा नियुक्त गरेका छन्। उनी राजनीतिक रुपमा ज्यादा चर्चामा आउन नरुचाउने नेता मानिन्छन्।
पश्चिमाहरुको कडा नाकाबन्दीका बाबजुद रुसको आर्थिक अवस्थालाई स्थिर राख्नमा मिसुस्तिनलगायत ‘टेक्नोक्र्याट’को भूमिका रहेको बताइन्छ।
पाँचौँ कार्यकाल सुरु गरेलगत्तै पुटिनले क्याबिनेट हेरफेर थालेका हुन्। क्याबिनेटका अधिकांश सदस्य कायम रहने आकलन गरिएको छ। तर, रक्षामन्त्री सेर्गेइ सोइगुको भविष्य भने अनिश्चित रहेको बताइन्छ।
कानुनअनुसार पुटिनले पाँचौँ कार्यकाल सुरु गरेपछि मंगलबार ५८ वर्षीय मिसुस्तिनले राजीनामा दिएका थिए। यसअघि उनले प्रधानमन्त्रीका रुपमा चार वर्ष काम गरिसकेका छन्।
रुसको कर सेवाका पूर्वप्रमुख मिसुस्तिनले गत कार्यकालमा राजनीतिक अभिव्यक्ति र सञ्चारमाध्यममा अन्तर्वार्ता दिएनन्।
कानुनअनुसार पुटिनले मिसुस्तिनको प्रधानमन्त्रीमा उम्मेदवारी संसदमा पेस गरेका छन्। जसलाई संसद बैठकले अनुमोदन गर्नेछ। एजेन्सी
Shares
प्रतिक्रिया