ad ad

ग्लोबल


निज्जर हत्या आरोपमा क्यानडा प्रहरीले पक्र्यो चौथो भारतीय नागरिक

निज्जर हत्या आरोपमा क्यानडा प्रहरीले पक्र्यो चौथो भारतीय नागरिक

नेता हरदीप सिंह निज्जर


नेपालखबर
बैशाख ३०, २०८१ आइतबार ८:५४, काठमाडौँ

क्यानडा प्रहरीले सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्या आरोपमा चौथो भारतीय नागरिकलाई पक्राउ गरेको छ।

निज्जर हत्याको अनुसन्धान गरिरहेको प्रहरी टोलीले विज्ञप्ति जारी गरी पछिल्लो समय भारतीय नागरिक २२ वर्षीय अमरदीप सिंहलाई पक्राउ गरिएको जानकारी दिइएको हो।

उनीविरुद्ध हत्या र हत्याको षड्यन्त्र गरेको आरोप लगाइएको छ।

अनुसन्धान टोलीले भन्यो, ‘हरदीप सिंह निज्जरको हत्या आरोपमा अमरदीप सिंहलाई मे ११ मा (शनिबार) पक्राउ गरिएको हो।’ 

क्यानडा प्रहरीले सोही प्रकरणमा यसअघि तीनजना भारतीय नागरिकलाई पक्राउ गरिसकेको छ। यसअघि करण ब्रार, कमलप्रित सिंह र करणप्रति सिंह पक्राउ परेका हुन्। 

गत वर्ष जुनमा क्यानडाको भ्यानकुभरनजिकै ४५ वर्षीय हरदीपसिंह निज्जरलाई मकुन्डो लगाएका बन्दुकधारीले गोली हानी हत्या गरेका थिए।

त्यसपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यो हत्यामा भारतको संलग्नता रहेको प्रमाण आफूसँग रहेको दाबी गरेका थिए। 

तर भारतले आरोप अस्वीकार गरेको छ।

को थिए निज्जर? 
हरदीपसिंह निज्जर एक सिख पृथकवादी नेता थिए, जसले सार्वजनिक रूपमा खालिस्तानका लागि काम गरिरहेका थिए।

उनको माग भारतमा छुट्टै सिख राष्ट्र हुनुपर्ने थियो।

सन् १९७० मा सिखहरूको समूहले भारतमा पृथकतावादी विद्रोह सुरु गरेको थियो, जसमा हजारौँ मानिस मारिएका थिए।

त्यसबेलादेखि यो आन्दोलन ती देशमा सक्रिय छ, जहाँ सिखको जनसंख्या धेरै छ।

भारतले निज्जरलाई पहिले नै ‘आतंकवादी’ घोषणा गरेको थियो र उनले चरमपन्थी पृथकतावादी समूहको नेतृत्व गरेको दाबी गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .