ad ad

ग्लोबल


अफगानिस्तानमा बाढीबाट मर्नेको संख्या ३ सय नाघ्यो

अफगानिस्तानमा बाढीबाट मर्नेको संख्या ३ सय नाघ्यो

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार ९:७, काठमाडौँ

अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा अचानक आएको बाढीबाट तीन सयभन्दा धेरै मानिसको मृत्यु भएको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले जनाएको छ। 

अफगानिस्तानमा राष्ट्रसंघीय एजेन्सी डब्ल्युएफपीका सञ्चार अधिकारी राणा डेराजले भने, ‘हालको जानकारीमा बघलान प्रान्तमा तीन सय ११ जनाको मृत्यु, दुई हजार ११ घर नष्ट भएको र दुई हजार आठ सय घर क्षतिग्रस्त भएका छन्।’

अधिकारीहरूले आपतकालीन अवस्था घोषणा गरी घाइतेहरूलाई बचाउन प्रयास गरिरहेका छन्। शुक्रबारको भारी वर्षाले धेरै प्रान्तका गाउँ तथा कृषिभूमिमा पानी र लेदोको नदी बग्दा उत्तरी बघलान सबैभन्दा बढी प्रभावित भएको थियो।

बघलानमा मात्रै दुई सय भन्दा बढी मानिसको मृत्यु भएको र हजारौँ घर क्षतिग्रस्त भएको संयुक्त राष्ट्रसंघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम) ले एएफपीलाई बताएको छ।

आइओएमको आपत्कालीन प्रतिक्रियाको नेतृत्व गर्ने राष्ट्रिय कार्यक्रमका अधिकारी मोहम्मद फहिम सफीले सरकारी तथ्यांक उद्धृत गर्दै बघलानी जादिद जिल्लामा एक हजार पाँच सय घर क्षतिग्रस्त वा नष्ट भएको र ‘एक सयभन्दा बढी मानिसको मृत्यु भएको’ बताए।

तालिबान सरकारका अधिकारीहरूले शुक्रबार रातिसम्म ६२ जनाको मृत्यु भएको बताएका थिए । सयौँ नागरिकले विनाशकारी बाढीमा परी मृयु वरण गरेको सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार एक्समा पोस्ट गरिएको विज्ञप्तिमा जनाएका छन् । उनले मृतक र घाइतेको सङ्ख्यामा भिन्नता नदेखाई एएफपीलाई दर्जनौँ मारिएको बताए।

शुक्रबारको वर्षाले उत्तरपूर्वी बदख्सान प्रान्त, मध्य घोर प्रान्त र पश्चिमी हेरातमा पनि ठूलो क्षति पुर्याएको अधिकारीहरूले बताए । रक्षा मन्त्रालयका अनुसार आपत्कालीन कर्मचारीहरू घाइते र फसेका मानिसहरूलाई बचाउन हतारिएका छन्।

मानवीय हताहतका अतिरिक्त, बाढीले ठूलो आर्थिक क्षति पनि पुर्‍याएको छ । उत्तरी तखर प्रान्तको प्राकृतिक प्रकोप व्यवस्थापन विभागका प्रमुख अहमद सेयर साजिदले बाढीमा २० जनाको मृत्यु भएको अनुमान गरेका छन्।

रक्षा मन्त्रालयले धेरै शाखाहरूलाई सबै उपलब्ध स्रोतहरूका साथ यस घटनाबाट पीडितहरूलाई कुनै पनि प्रकारको सहायता प्रदान गर्न आदेश दिएको छ।

वायु सेनाले शनिबार मौसम सफा भएपछि निकासी अभियान सुरु गरेको र सयभन्दा बढी घाइतेहरूलाई अस्पतालमा सारिएको बताएको छ । बाढी प्रभावित क्षेत्रहरूमा आपत्कालीन अवस्था घोषणा गरेर राष्ट्रिय रक्षा मन्त्रालयले प्रभावित मानिसहरूलाई खाना, औषधि र प्राथमिक उपचार वितरण गर्न थालेको छ।

सामाजिक सञ्जालमा शुक्रबार देखिएको भिडियो फुटेजमा सेतो र कालो कपडाले ढाकिएका शवहरू र सडकहरूमा माटो र पानीको दलदलको देखाइएको छ । एउटा भिडियो क्लिपमा बच्चाहरू रोइरहेका सुनिन्छन् र मानिसको समूहले बाढीको पानी हेरिरहेका छन्, जसमा घरहरूबाट भाँचिएको काठ र भग्नावशेषको टुक्रा देख्न सकिन्छ।

अधिकारीहरूका अनुसार अप्रिलको मध्यदेखि आकस्मिकरूपमा आएको बाढी र अन्य बाढीले अफगानिस्तानका दश वटा प्रान्तमा लगभग एक सय जनाको ज्यान लिएको थियो।

करिब चार करोडभन्दा बढी जनसंख्यामध्ये ८० प्रतिशत बाँच्नका लागि कृषिमा निर्भर रहेको देशमा कृषिभूमि बाढीले दलदल बनेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .