ad ad

ग्लोबल


युक्रेनसँग युद्धका बीच १२ वर्षदेखिका रक्षामन्त्री परिवर्तन गर्दै पुटिन

युक्रेनसँग युद्धका बीच १२ वर्षदेखिका रक्षामन्त्री परिवर्तन गर्दै पुटिन

नेपालखबर
बैशाख ३१, २०८१ सोमबार ७:३९, काठमाडौँ

युक्रेनसँग जारी युद्धका बीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री परिवर्तन गर्न लागेका छन्। 

बीबीसीका अनुसार राष्ट्रपति पुटिनले सन् २०१२ देखि रुसको रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका ६८ वर्षीय सर्गेई शोइगुको सरुवा गर्न लागेका हुन्।

अब शोइगु रुसको सुरक्षा परिषद्को प्रमुखमा नियुक्त हुनेछन्।

राष्ट्रपति भवनबाट जारी विज्ञप्तिमा शोइगुको स्थानमा उपप्रधानमन्त्री आन्द्रेई बेलोसोभले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्। 

युक्रेनसँग चलिरहेको युद्धमा शोइगुको महत्त्वपूर्ण भूमिका छ।

रुसी सरकारी दस्तावेजबाट राष्ट्रपति पुटिनले शोइगुलाई सुरक्षा परिषद्को प्रमुखको महत्त्वपूर्ण जिम्मेवारी दिन चाहेको खुलासा भएको छ।

शोइगुलाई पुटिनको नजिक मानिन्छ, जसलाई कुनै सैन्य अनुभवबिना रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

शोइगु पेसाले सिभिल इन्जिनियर हुन्। सन् १९९० मा शोइगु आपत्‌कालीन र विपद् राहत मन्त्रालयको प्रमुख निर्वाचित भएका थिए।

राष्ट्रपति पुटिनले भर्खरै रुसमा भएको आम निर्वाचनमा ८७ प्रतिशत मत प्राप्त गरी पाँचौँपटक पद तथा गोपनीयताको शपथ खाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .