ad ad

ग्लोबल


मुम्बईमा भीषण आँधी, होर्डिङ खसेर ४ जनाको मृत्यु, ५४ व्यक्ति घाइते

मुम्बईमा भीषण आँधी, होर्डिङ खसेर ४ जनाको मृत्यु, ५४ व्यक्ति घाइते

नेपालखबर
बैशाख ३१, २०८१ सोमबार २२:४९, काठमाडौँ

भारतको मुम्बईमा भीषण आँधी र बेमौसमी वर्षाले सोमबार राति होर्डिङ खसेर लाग्दा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ५४ जना घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार पानी र हावाहुरीका कारण ठूलो संख्यामा मानिसले आश्रय लिएको पेट्रोल पम्पमा होर्डिङ खसेको थियो।

भाजपाका पूर्वसांसद किरिट सोमैयाले खसेको उक्त होर्डिङ हटाउन आफूले हिजो (आइतबार) मात्रै आदेश दिएको दाबी गरेका छन्।

किरिट सोमैयाका अनुसार यहाँ अवैध रुपमा होर्डिङ राखिएको हो।

दुर्घटनापछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले घटनास्थल अवलोकन र अस्पताल पुगेर घाइतेहरूलाई भेटेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .