ad ad

ग्लोबल


इजरायली सेनाद्वारा रफाहको अल-अवडा कब्जा

इजरायली सेनाद्वारा रफाहको अल-अवडा कब्जा

फाइल फाेटाे : रफाह सहर


नेपालखबर
जेठ १५, २०८१ मंगलबार २२:४१, काठमाडौँ

इजरायली ट्याङ्कहरूले रफाहको अल-अवडा कब्जा गरेका छन्।

रफाहका स्थानीय पत्रकारले यसको पुष्टि गरेको बीबीसीले जनाएको छ।

अल-अवडालाई रफाह सहरको मुटु भनिन्छ। यो बैंक, सरकारी संस्था र व्यापारको दृष्टिकोणबाट धेरै महत्त्वपूर्ण मानिन्छ।

इजरायली सेनाले प्यालेस्टाइन-इजिप्ट सीमाको दक्षिणी भागमा करिब आधा किलोमिटर क्षेत्र कब्जा गरेको छ।

सहरको पश्चिमी भागमा रहेको एमिराती अस्पतालमा आफ्नो परिवारसँग आश्रय लिएका एक विस्थापित व्यक्तिले भनेका छन्- सैनिकहरूले भवनको माथि कब्जा गरेका छन् र गोली हानेका छन्।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा इजरायली आक्रमणमा गत २४ घण्टामा ४६ प्यालेस्टाइनीको मृत्यु भएको र ११० जना घाइते भएको बताएको छ।

यस्तै अक्टोबर ७ यता इजरायली आक्रमणका कारण ३६ हजार ९६ प्यालेस्टाइनीको मृत्यु भएको बताइएको छ।

रफाह सहरबाहेक इजरायली सेनाले उत्तरी र मध्य गाजामा पनि सैन्य कारबाही गर्ने पुष्टि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .