भारतको चुनावी राजनीतिमा सबैभन्दा महत्वपूर्ण राज्य उत्तर प्रदेशमा इन्डिया गठबन्धन अगाडि देखिएको छ।
जारी मतगणनामा लोकसभाका ५४३ मध्ये ८० सिट रहेको उत्तर प्रदेशमा भाजपा नेतृत्वको एनडीए गठबन्धन पछि परेको हो।
कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले ४१ सिटमा अग्रता कायम गर्दा एनडीए ३७ सिटमा अगाडि देखिएको छ।
यहाँको नतिजाले राष्ट्रिय रुपमै जितहारमा फेरबदल ल्याउन सक्छ।
एक्जिट पोलहरुमा एनडीएले भारी बहुमत ल्याउने देखिए पनि मतगणनाको सुरुवाती चरणमा भने दुई गठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएको छ।
651
Shares
प्रतिक्रिया